नियम ३६क
ऋण असूल गर्ने
ः (१) यी नियमहरू अन्तर्गत किसानलाई दिएको ऋण सो ऋण दिंदाको शर्त अनुसार सो शर्तमा उल्लिखित अवधिभित्र असूल गर्नपर्छ ः तर सम्बन्धित बाली कटानी हुदा कुनै किसानले कुनै दैवी कारणवश ऋण भुक्तानी गर्न नसक्ने अवस्था भएमा र जिल्ला भूमिसुधार अधिकारीले त्यस्तो कारण मुनासिब देखेमा त्यस्ता किसानलाई ऋण भुक्तानी गर्न आवश्यक थप म्याद दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम ऋण असूल गर्दा जिन्सीमा ब्याजको अतिरिक्त सयकडा ३ का दरले जति पनि असूल गरिनेछ । (३) लगानी भएको जिन्सी ऋण र त्यसको व्याज असूल गर्दा जिन्सीमा नै असूल हुन नसक्ने भएमा जिन्सीको सट्टा निर्धारित दरमा नगदीमा असूल गर्न सकिनेछ । (४) लगानी भएको ऋण म्यादभित्र असूल हुन नसकेमा त्यस्तो ऋण दिने समितिले म्याद नाघेको ३५ दिनभित्र ऋण चुक्ता नगर्नेहरूको नामावली जिल्ला भूमिसुधार अधिकारीकहा“ पठाउनेछ र जिल्ला भूमिसुधार अधिकारीले त्यस्तो ऋण सरकारी बा“की सरह असूल उपर गर्न सक्नेछ । (५) उपनियम (१), (२), (३) र (४) बमोजिम पूरा वा आंशिक ऋण असूल हु“दा त्यसको रसीद अनुसूची–२० मा तोकिए बमोजिमको ढा“चामा दिनुपर्छ र प्रमाणपत्र पाएकोमा सो कुरा प्रमाणपत्रमा समेत जनाई दिनुपर्छ ।